नेपालबाट ‘डिपोर्ट’ हुने विदेशीको सूचीमा चिनियाँ धेरै
https://www.datawrapper.de/_/qhZSO/ https://www.datawrapper.de/_/acsAc/ नेपालबाट ‘डिपोर्ट’ हुने विदेशी नागरिकको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको तथ्याङ्कले देखाएको छ । अध्यागमन विभागको तथ्याङ्क अनुसार सन् २०२२ को जनवरीयता मात्रा ५ सय ७० जना विदेशी नागरिक नेपालबाट डिपोर्ट भएका छन् । समय समयमा नेपाली नागरिकहरू तेस्रो मुलुकहरूबाट डिपोर्ट भएर स्वदेश फिर्ता हुने गरेका छन् । यद्यपि नेपालमा आउने विदेशी नागरिकहरू पनि उसैगरी डिपोर्ट हुने गरेका छन् । विशेष गरी ‘ओभर स्टे’ अर्थात् भिसा अवधिभन्दा लामो समय नेपाल बस्नेदेखि लिएर विभिन्न अपराध, लागू पदार्थ दुर्व्यसन जस्ता कारणले विदेशी नागरिक डिपोर्ट हुने गरेको अध्यागमन विभागका प्रवक्ता खिमराज भुसालले बताए । तथ्याङ्क अनुसार सबैभन्दा बढी डिपोर्टमा पर्नेमा भिसा म्याद सकिएर बसेकाहरूको सङ्ख्या रहेको छ । सन् २०२२ जनवरीबाट अहिलेसम्मको तथ्याङ्कमा भिसा म्याद सकिएर डिपोर्ट हुनेको सङ्ख्या ५३४ रहेको छ । त्यसैगरी अध्यागमन अपराधमा परेर डिपोर्ट हुनेको सङ्ख्या ११, लागू पदार्थ दुर्व्यसनका कारण पाँच, वैदेशिक मुद्रा अपचलनमा चार, हत्या प्रयासमा तीन, राजस्व चुह...